अलपत्र मजदुरलाई नआत्तिन नेकपा नेता आचार्यको सुझाव

बुधबार, चैत्र १९, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य निरज आचार्यले अलपत्र परेका मजदुरहरुलाई नआत्तिन आग्रह गरेका छन ।

जाजरकाेट जिल्ला घर भई मजदुरीको सिलसिलमा ज्याला मजदुरी गर्न नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौं, तनहुँ, पर्सा लगायतका जिल्लामा आएका उनीहरू लकडाउनका कारण अलपत्र परेकाे जनाएका छन ।

लकडाउनका कारण खाना बस्न र घर फर्कने अफ्ठ्यारोका भएकाे बताउँदै उनीहरुको दैनिकीमा समस्या हुँदै आएको जनाएका छन । नेता आचार्यले नारायणघाटबाट जाजरकोट फर्कने गाडी भेट्ने उद्देश्यले उनीहरु पैदल हिडिरहेको जनाएका छन । जाजरकोटको डाँडागाउँको २१ जनाको समूह नुवाकोटको पञ्चकन्यामा छन् । काठमाण्डौं महानगरपालिका वाडा नं। ३२ बाकुमारी पुल वारी नलगाड नगरपालिकाका तिलक कामीसहित २० जनाको समूह छ । भक्तपुर नयाँठिमीको कमेरेटारमा जगतिपुर, पुन्मा लगायतका ४५ जनाको समूह छ । काभ्रेको मण्डन देउपुरमा भुरका गौरीबहादुर केसी लगायत २१ जनाको समूह छ । सिन्धुपाल्चोकमा पुन्माको १५-२० जनाको समूह छ । तनहुँको भानु नगरपालिकामा नलगाड नगरपालिकाका धनबहादुर चदारा लगायतको २० जनाको समूह छ । पर्साको वीरगञ्जमा जगतिपुर , भुरतिरको एउटा समूह छ रहेको सामाजिक संञ्जाल मार्फत जानकारी दिएका छन ।

सबै मजदुरहरुको साझा समस्या भनेको खानालाई रासन छैन, घर जान गाडीको पास मिल्दैन त कतिपय सँग भाडा नभएको उल्लेख गरेका छन । मेरो सम्पर्क हुन नसकेका अरु धेरै साथीहरु विभिन्न ठाउँमा समस्या झेलिनै रहनु भएको होला । यो मेरो जानकारी र प्रत्यक्ष कुराकानी भएकाहरुको मात्र उल्लेख गरेको बताए।

केही दिनअघिसम्म मजदुरहरुलाई घर र्फकन पास व्यवस्था गर्दै आएको जिल्ला प्रशासन कार्यालयले पास दिन बन्द गरेका छन् । उनीहरु जहाँ काम गरिरहेका छन् उनका ठेकेदारहरुले हाम्रो बजेट निकासा भएको छैन तिमीहरुलाई भाडा दिन सक्दैनौँ भनेर पन्छिइ रहेका छन् ।
उनले मजदुरहरुलाई अब केहीदिन घर फर्कने कुरामा जोड नगर्न भनेका छन आफ्नो स्वास्थ सावधानीलाई विशेष ख्याल अाग्रह गरेका छन ।लकडाउनसम्मको अवधिसम्मको लागि रासनको व्यवस्स्थापनका लागि स्थानीय सरकारका प्रतिनिधि र पार्टीका कमरेडहरुको सम्पर्क खोज्दै कुराकानी भइरहेको उल्लेख गरेका छन । साथै घरमा बसिरहेका आफन्तहरुले समेत घर बोलाउन जबरजस्ती नगर्न नेता आचार्यले आग्रह गरेका छन ।  सुरक्षित र सावधानीपूर्वक जहाँ हुनुहुन्छ त्यहिँ बस्न र परिस्थिति अलि सहज भएपछि मात्र घर फर्कनु भनेर सल्लाह दिनुहुन परिवारजनमा अनुरोध गरेका छन । परिस्थिति अलि सहज भएपछि उनीहरुलाई घर फर्कने कुरामा हामी सहयोग गर्न प्रतिवद्धता जनाएका छन । यो संकटको घडी भएकाले सरकारले बनाएका नीतिहरुको आधारभूत कार्यन्वयनमा ध्यान दिन सुझाव दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments