अचानो !

शनिबार, जेष्ठ ३२, २०७६



अचानो

सँगै हुर्केका साथीहरु निर्यात भए
टाढा-टाढासम्म, बिचौलियाद्वारा

कोही मन्दिरको टुडालहरूमा झुण्डीए
देखाउदै सम्भोगका सुन्दर आसनहरू
ढोका भए, सुरक्षित बनाईदिए कसैको बासस्थान
झ्याल भए, साक्षी  बने कुनै प्रेम कहानीको

पाँचतारे होटलमा मास्टर बेड,
आलिशान बंगलाको डाईनिङ टेबल ,
थ्रि पिस दराज भए कतै दाईजोमा

चोट खादैमा सबै सुन्दर नहुने रहेछन्
एउटा व्यापारी आयो, काट्यो
मिलमा लगेर चिर्यो, र पठायो कतै
मेरो वरिपरि चलिरहेछ, मृत्युको व्यापार !
खुकुरीले कसैको टुक्रिएको शरिर राखेर, मेरो शरीर माथि
हिर्कारहन्छ सधैं ।

© सुरज पराजुली

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata