भारतमा बस दुर्घटना: सातको मृत्यु, २४ घाइते

मङ्लबार, फाल्गुन ८, २०७४



नयाँदिल्ली । भारतको बिहारमा भएको बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु २४ जना घाइते भएका छन ।  प्रहरी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने सक्ने समेत अनुमान गरिएको छ ।

चालकले नियन्त्रण गुमाएपछि सडकको छेउमा रहेको नालीमा खसेर बस दुर्घटना भएको थियो । बिहारको राजधानी पटनामा पर्ने कन्डाप भन्ने ठाँउमा सोमबार राती सो दुर्घटना भएको अधिकारीहरुले बताएका छन ।  घटनास्थलमा स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरेका थिए । उद्धारकर्ताहरु घाइतेहरुलाई नालान्द मेडिकल कलेज एण्ड हस्पिटलमा उपचारका लागि लगेका थिए ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ भने दोषीलाई कारबाही गर्ने बताएको छ ।  भारतमा यस्ता सडक दुर्घटना धेरै नै हुनेगरेका छन । चालकको लापर्बाही, सडक र सवारी साधनको खराब अवस्थाका कारण धेरै दुर्घटना हुने गरेको अधिकारीहरुको भनाई रहेको छ ।
रासस/सिन्ह्वा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank