धादिङमा बुलेट ग्याँस दुर्घटना, आमा छोरीको मृत्यु

आइतवार, कार्तिक २५, २०७५



धादिङ । धादिङको  रोराङग बेनिघाट गाउँपालिका- ५ मा बुलेट ग्याँस दुर्घटना भएको छ । ५२०१नम्बरको बुलेट ग्याँसले  दुर्घटनामा परि आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमा गिता नेपाली र छोरी सुमित्रा नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बुलेटमा आगलागी समेत भएको छ । भारतबाट काठमाडौं आउँदै गरेको उक्त बुलेट पृथ्वीराजमार्गबाट करिब ५० मिटर तल खसेको छ । चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ ।

बुलेट ग्याँस चालकको लापरबाहीले गर्दा दुर्घटना भएको जनाएको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank