कैलालीको लम्किचुहामा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु

शुक्रबार, चैत्र ९, २०७४



धनगढी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको लम्कीचुहा सडक खण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा से ५ प ४८०३ नं को मोटरसाइकल चालक बर्दिया जिल्ला राजापुरका २४ वर्षीय नेत्र रावल र सोही मोटरसाइकलको पछाडि बसेका कालिकोट जिल्ला राजकोट नगरपालिकाका १८ वर्षीय शिवराज बोगटी रहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

दुर्घटनाबाट घाइते दुई जनामध्ये एक जनाको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा र अर्का एक जनाको टीकापुर अस्पताल पु¥याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सो मोटरसाइकल विपरीत दिशाबाट गइरहेको से २ प ७९८१ नं को मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका से २ प ७९८१ नं का मोटरसाइकलका चालक कञ्चनपुर बेलौरीका दीपक चौधरीलाई पनि कोहलपुर मेडिकल कलेज उपचार भइरहेको छ ।

85 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank