मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरिक्षकको मृत्यु

शुक्रबार, साउन २५, २०७५



विराटनगर । मोटरसाइक दुर्घटनामा परि प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ । बिहीबार विराटनगर महानगरपालिका– १५ मा भएको मोटरसाइकल दुर्घटनामा परि जिल्ला प्रहरी कार्यालय धनुषा दरबन्दी भएका असइ विवेकानन्द झाको मृत्यु भएको प्रहरीले जनाएको छ।

झाले चलाएको को ७ प २५५९ नम्बरको मोटरसाइकल बिहीबार बेलुका अनियन्त्रित भई पर्खालमा ठोक्किएर दुर्घटना भएको हो। उनी डेरातर्फ जाँदै थिए।

बिहीबार इलाका प्रहरी कार्यालय रानीबाट सरुवा भई रवाना पत्र लिएर हिडेका थिए। उनको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

124 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank