सिन्धुपाल्चोकका जीप दुर्घटना ५ जनाको मृत्यु

शुक्रबार, असार २९, २०७५



काठमाडौं  । सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको हो । ६ जना घाइते भएका छन् ।

मृत्यु हुने सबै तामाङ समुदायका रहेका सिन्धुपाल्चोक प्रहरीले नेपालपाटीलाई जानकारी दिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाको धापबाट भोताङतर्फ गइरहेको लु १ ख १९९ नम्बरको जिप राति करिब फ्याफुल्ला डाँडाबाट ४ सय मिटर तल खसको थियो । बर्षाका कारण उद्धार ढिलो हुँदा बाच्ने सम्भावना भएका दुई जनाको मृत्यु भएको स्थानियले बताएका छन् ।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार भोताङका ७५ बर्षिय भिमबहादुर तामाङ, भोताङकै ५५ बर्षिया जयरामी तामाङ र ५३ बर्षिया नानी तामाङको घटना स्थलमै मृत्यु भएको हो । ५६ बर्षिय बोधोम तामाङ र २५ बर्षिया सुनमाया तामाङको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

160 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank