दोलखामा बलेरो जीप दुर्घटना एकको मृत्यु,तीन घाईते

शनिबार, असार १६, २०७५



काठमाडौं । दोलखामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दोलखाको बैत्यश्वर गाउँपालिकामा ४ खावाडाँडाम बा.१३ च ६११६ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परि जीप चालक १९ बर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा परी जिरी नगरपालिका– ९ का २० वर्षीय मंगले तामाङ, ५२ वर्षीय दिलबहादुर तामाङ र वैत्यश्वर गाउँपालिका– १ गैरीमुदीका ५५ वर्षीय कर्णबहादुर तामाङ घाइते भएका छन् ।

92 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank