बागलुङको ताराखोलामा जीप दुर्घटना दुईको मृत्यु, दुई घाईते

बिहिबार, जेष्ठ ३१, २०७५



बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार जीप दुर्घटना हुदाँ दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।  ताराखोला गाउँपालिका २ घुस्मेली बजारदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको जीप दिउसाे साढे १२ बजे  दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परि ताराखोला गाउँपालिका ३ का २४ वर्षीय हेमन्त घिमिरे र सोही स्थानका ५४ वर्षीय हरिराम गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ताराखोला गाउँपालिका – ३ का २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र सोही स्थानका ४२ वर्षीय कर्ण भण्डारी रहेका छन् ।

घाइते दुवै जनाको गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर उपचार भैरहेको छ । दुवैको अवस्था गम्भीर रहेको छ । जीप अनियन्त्रीत भई सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank