पहिरोमा परि दुर्घटना भएको जीपबाट ३ जनाको शव निकालियो

बिहिबार, बैशाख २०, २०७५



बझाङ । बुधबार राती भीषण असिनापानी सँगै आएको पहिरोमा परि दुर्घटनामा परेको जीपबाट तीन जनाको शव निकालिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा जीप चालक कञ्चनपुरको दोधारा चाँदनीका रमेश चन्द, बझाङको खप्तड छान्ना गाउँपालिकाका अम्मरराज बन र केदारस्युँ गाउँपालिकाका असु ओड रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जयपृथ्वी नगरपालिकाको तमैलबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से १ ज ८२० नम्बरको जीप बुधबार राति साढे ८ बजे सुवेडाको चौट्याखोलामा खसेको थियो।

शब नेपाल सेना, नेपाल प्रहरी र स्थानीयको प्रयासले जीप निकाल्ने नसकेपछि डोजरको सहायताले जीप भित्र रहेका शव निकालिएको थियो। अहिले शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल बझाङमा राखिएको छ।

90 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank