विद्यार्थी बोकेको बस र ट्रक एक आपसमा ठोकिदा ३५ जना घाइते

बुधबार, बैशाख १९, २०७५



बारा। बाराको चुरियामाईमा बुधबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३५ जना विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे १ख २४२९ नंको मकालु बसलाई ना ५ ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा सवार विद्यार्थी र शिक्षक गरी ३५जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नेल्टा झापाको एक्सेस कार्यक्रमअन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा जान लागेका स्कूले विद्यार्थी बुधबार परेका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर र हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

65 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank