सवारी साधनहरु एक आपसमा ठोकिदा आगलागी

बुधबार, बैशाख १९, २०७५



धादिङ । धादिङमा चारवाट सवारी साधन एक आपसमा ठोक्किदाँ आगलागी भएको छ । बुधबार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं २ महादेवबेसीमा चारवाट सवारी साधन एक आपसमा ठोकिएका हुन्

मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट बोकेको ट्रकमा बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकलाई जोगाउने क्रममा ट्रक गजुरी तर्फ आउँदै गरेको बा २ ग २४६३ नम्बरको नेपाली सेनाको ट्रकमा ठक्कर खाएको थियो। त्यसको लगत्तै धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा ३६ प ४२३९ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किन पुग्दा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ना ६ ख २७८१ नम्बरको ट्रक र बा ७५ प ६०५१ नम्बरको मोटरसाइकल जलेको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

116 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank