जीपको दुर्घटनामा परि एक जनाको मृत्यु

शुक्रबार, बैशाख १४, २०७५



डोटी । डोटीको बुडरमा जीपकोे ठक्करबाट मोटरसाइकल चालकको घट्नास्थलमा मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय बुडरका अनुसार शुक्रबार बिहान करिब साढे ८ बजे धनगढीबाट बाजुरा तर्फ गइरहेको बा १६ च ८७८२ नम्बर को स्करपियोले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका २ उल्टा खाम बस्ने अन्दाजी १९ वर्षका राजेश विष्टको मृत्यु भएको हो ।

तीव्र गतिमा गइरहेको स्कारपियोले से १ प ७७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डोटीको जोरायल गाउँपालिका २ छतिवन बुडरस्थित कुखुरा फार्ममा कार्यरत बिष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरिक्षक हर्कबहादुर साउद बताए । ठक्कर दिने उक्त स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

52 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank