मेयर चढेको गाडी दुर्घटना, सात घाइते

मङ्लबार, बैशाख ४, २०७५



रुकुम । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटना हुँदा मेयरसहित सात जना घाइते भएका छन् । मेयर शर्माको बाया हात भाँचिएको छ भने टाउकोमा चोट लागेको छ ।

नगरपालिकाको कार्यालय विजयश्वरीबाट वडा नम्बर ५ को आधारभुत बिद्यालय लहरेसिमल जादै गर्दा वडा नम्बर ६ को मेलैनाउलिमा गाडी दुर्घटना भएको हो । भे १ झ २४३ नम्बरको नगरपालिकाको गाडीमा उनीहरू विद्यार्थीलाई पोशाक वितरण गर्न गएका थिए ।

दुर्घटनामा परी नगर कार्यपालिका सदस्य चौरजहारी वडा नं. ५ का ४३ लोकेन्द्र परियार, चौरजहारी नगरपालिका ३ का तेजवहादुर बटाला, गाडी चालक चौरजहारी नगरपालिका ७ का रामलाल शर्मा घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जनाएको छ । दुर्घटनामा परी चौरजहारी नगरपालिका वडा नम्बर ४ की कमला बुढाथोकी, वडा नम्बर २ की पार्वती न्यौपाने र वडा नम्बर ७ का रामप्रसाद आचार्य पनि घाइते भएका छन् ।

39 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank