स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

मङ्लबार, चैत्र २७, २०७४



भारत । भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । काँगडा जिल्लाको नुररपुरमा वंजिर राम सिंह मेमोरियल पब्लिक हाई स्कूलको बस दुर्घटना अधिंकास बालबालिकाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा २३ बालबालिका, दुई शिक्षक, चालक र एक महिला रहेका पुष्टि भएको छ ।स्कुल बिदा भएपछि ६० जना विद्यार्थीलाई घर छोड्न गएको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको अन्तरराष्ट्रिय संञ्चार माध्यमले जनाएका छन् । ।

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank