बस दुर्घटना २ को मृत्यु ३४ जना घाइते

बिहिबार, चैत्र १५, २०७४



काठमाडौं । दक्षिणकालीबाट रत्नपार्क आउँदै गरेको बा १ ख ९९९९ नम्बरको यात्रुबाहक बस फर्पिङ भञ्ज्याङमा दुर्घटनामा भएको छ । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस पल्टिँदा घाइते भएका दक्षिणकाली नगरपालिका ५ का मन्जु बस्नेत र सुनिल श्रेष्ठको उपचारको क्रममा काठमाडौंको बयोधा अस्पतालमा मृत्यु भएको हो । घाइतेहरुकाे राजधानीकाे विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अहिले पनि घाइतेलाई अस्पताल ल्याउने काम भैरहेको छ ।

54 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank