१२ हजार लिटर डिजेल बोकेको ट्याङकर दुर्घटना, दुई जनाको मृत्यु

बुधबार, चैत्र १४, २०७४



काठमाडौं । १२ हजार लिटर डिजेल बोकेको ट्याङकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका-११ गहुबारी स्थित घुर्मी-कटारी सडक खण्डमा बुधबार ट्याङकर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य तीन जना गम्भिर घाइते भएका छन्।

उदयपुरको कटारीमा बुधबार बिहान २ बजेतिर १२ हजार लिटर डिजल बोकेको ना‍ ६ ख ३२३१ नम्वरको ट्याङ्कर अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खसेको थियो।

दुर्घटनामा परी चालक बारा जिल्ला अम्लेसगन्ज–४ का २३ वर्षीया पूर्णप्रसाद खनाल र मकवानपुर जिल्ला नामाटारका ३१ वर्षीया सरोज मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी अनुसार, भक्तपुरका २४ बर्षीया सुवास तामाङ्ग, बारा निजगढका १७ बर्षीया अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ बर्षीया सुजन गोले गम्भिर घाईते भएका छन्।

घाइते भएकाहरुलाइ उपचारका लागि काठमाडाै‌ पठाएकाे प्रहरीले जनाएकाे छ ।  ट्याङकर दुर्घटना भएसँगै ठुलो आगलागी हुन सक्ने जोखिम बढेकाले प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ।

151 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank