संखुवासभामा जीप दुर्घटना, ६ जनाको मृत्यु

आइतवार, पुस ३०, २०७४



संखुवासभा, प्रसिद्ध धार्मिक तीर्थमेला बरुण नदी नुहाउन जाने क्रममा मकालु गाउँपालिकामा जीप दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ । जीपमा चालकसहित मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुबास कुइकेल, स्थानीय सुरेश राई र भुकम्पका प्राविधिक २ जना रहेको संखुवासभा प्रदेशसभाका क का सांसद पूर्णप्रसाद राईले जानकारी दिए ।

दुर्घटनामा जीप क्षतविक्षत भएको छ । जीपको नम्बर बा १३०९ मात्रै चिनिने अवस्थामा रहेको र जीपमा रहेका ६ जनाकै मृत्यु भएको बताइएको छ । तर सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ ।

179 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank