पास बनाएर गाउँ फर्किरहेका ३० जना चढेको जीप दुर्घटना

मङ्लबार, चैत्र १८, २०७६



रामेछाप । रामेछापको खाँडादेवी–१ राकाथुममा आज(मंगलबार) बिहान भएको जीप दुर्घटनामा ३० जना घाइते भएका छन् । भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जीप दुर्घटना हुँदा ३० जना घाइते भएका हुन् ।

जीप सडकदेखि करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी वसन्त पाठकले जानकारी दिए । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरु काठमाडौंमा अलपत्र परेपछि पास बनाएर गाउँ फर्किरहेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments