सिमाबाट उद्धार गरि ल्याएका मानिसहरु बोकेको टिप्पर कर्णाली नदिमा खस्यो

बुधबार, जेष्ठ २८, २०७७



काठमाडौं। भारतीय सिमाबाट उद्धार गरि ल्याएका मानिसहरु बोकेको टिप्पर दुर्घटना भएको छ ।

बुधबार बिहान करिब ५० जना मानिस बोकेको टिपर कालिकोटस्थित कर्णाली नदीमा खसेको हो। कालिकोट जिल्लाको लालिघाट भन्ने स्थानबाट रास्कोट जादै गरेको ना८ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खसेको छ। भारत र रामेछापबाट आएका करिब ५० जना मजदुर बोकेर लालिघाटबाट रास्कोट क्‍वारेन्टाइनतर्फ जाँदै गरेको टिपर कालिकोटमा कर्णाली नदिमा खसेको हो ।

तर प्रहरीले टिप्परमा कति जना सवार थिए भन्नेबारे एकिन नभएको बताएको छ । प्रहरीको टोली अहिले घटनास्थल गइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार हाल सम्म तीन जनाकाे शव भेटिएकाे जनाएका छन । घटनाकाे पूर्ण विवरण भने अाउन बाँकी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments