मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो, तीन घाइते

आइतवार, जेष्ठ ११, २०७७



काठमाडौं ।  दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान काठमाडौंकाे टोखा नगरपालिका–२ पञ्चेटारमा मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको हो भने,दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।

बा८५प ५६६ र बा ९१ प ११८८ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन्। मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेका प्रहरीले जनाएको छ। उनीहरु दुबै मोटरसाइकल चालक रहेका प्रहरीले जनाएको छ  उनीहरुको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments