मोटरसाइकल र बस एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु

बिहिबार, बैशाख ११, २०७७



सिन्धुली । कमलामाई नगरपालिका-८ माईस्थान करकरेस्थित बिपी राजमार्गमा बा.७९ प ७१८८ नम्बरको मोटरसाइकल र बा.४ ख ५७७७ नम्बरको बस बुधबार साँझ एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उक्त नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय हिरा बहादुर रिजालको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालक काभ्रे मण्डनदेउपुरे बस्ने ४३ वर्षीय बद्री प्रसाद तिमलसिनालाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments