मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार, चैत्र २१, २०७६



धनुषा । मिथिला नगरपालिका-६ मगरटोलस्थित सडकमा प्रदेश २-०२-००२ प १६५७ नम्बरको मोटरसाइकल बिहीबार साँझ अनियन्त्रित भई विद्युतको पोलमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा परि मोटरसाइकल चालक धनौजी गाउँपालिका-५ बस्ने २६ वर्षीय अजय कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments