पिकअप भ्यान दुर्घटना दुईको मृत्यु,२८ घाइते

मङ्लबार, चैत्र १८, २०७६



काठमाडौं । रामेछापमा बोलेरो पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

मंगलबार बिहान ५ बजे भक्तपुरको सूर्यविनायकबाट रामेछापकाे दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ पिकअप बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परि दोरम्बा गाउँपालिका-२ कि २५ वर्षीया संगीताको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको छ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा सवारी साधनलाई पूर्ण रुपमा बन्देज गरेको भए पनि प्रशासनको अनुमतिमा सवारी चल्न दिइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments