मिनिट्रकको ठक्करबाट बाबु छोराको मृत्यु,श्रीमती गम्भीर

आइतवार, चैत्र ९, २०७६



काठमाडौं । मिनिट्रकले मोटरसाइललाई ठक्कर दिँदा बाबु छोराको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन ।
आइतबार बिहान ५ ख २३९० नम्बरको मिनि ट्रकले बा ५७ प ७२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ का ३५ बर्षीय मिनबहादुर श्रेष्ठ र उनका ५ बर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमती सुनीता श्रेष्ठ घाईते छन् । उनको बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

कोरोनाको डरको कारणले घर जान लागेका उनीहरुलाई काभ्रे जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा मिनिट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने मिनिट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments