टिप्पर काण्ड-पनौतीमा अनिश्चिकालिन कर्फ्यु

मङ्लबार, चैत्र ४, २०७६



काठमाडौं । काभ्रेको जिल्लाको पनौतीमा बिहानन नौ बजेबाट अनिश्चतकालिन कर्फ्युजारी भएको छ ।  सोमबार साँझ पनौती नगरपालिका ५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमा छोरीको ज्यान गएपछि स्थानीयले सडक अबरुद्ध गरेका थिए ।

बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उहाँकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो । आमा छोरीको ज्यान गएपछि स्थानीयवासीहरुले टिप्पर जनाउन रोक लगाउँदै प्रदर्शन गरेका थिए । विरोधको क्रममा राति प्रहरी र स्थानीयबिच झडप भएको थियो । झडपमा प्रहरी र केही स्थानीय घाइते भएका थिए ।

त्यसको विरोधमा स्थानीयले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments