ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

बुधबार, फाल्गुन २८, २०७६



काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।  बुधबार बिहान बन्दीपुर गाउँपालिकाकाे बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नम्बरको ट्याक्टर दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परि चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा चालक गोरखा पालुङटार नगरपालिका-७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँ पुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments