मालेका महासचिव चढेको कार दुर्घटना पाँच जना घाइते

बिहिबार, फाल्गुन १५, २०७६



काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माले) महासचिव सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा महासचिव मैनाली सख्त घाइते भएका छन् । मैनालीको टाउकोमा गहिरो चोट लागेको छ भने दाहिने खुट्टा भाँचिएको छ ।

झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएर दुर्घटना भएकाे हाे । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments