जिप दुर्घटनामा एकको मृत्यु १२ घाइते

मङ्लबार, फाल्गुन १३, २०७६



अछाम । अछाममा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार भएको जिप दुर्घटनामा परी ढकारी गाउँपालिका ३ तालिकाका राम नेपालीको मृत्यु भएको हो।

कमलबजार नगरपालिका-६ मा से १ ज ९१० नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार अन्य  १२ जना घाइते भएका छन। घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल अछाममा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाकाे बारेमा  कारण खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments