बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

शनिबार, फाल्गुन १०, २०७६



कैलाली । बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । शुक्रवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए ।

घाइते मध्य डडेलधुराको आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।घाइते डडेल्धुराको परशुरामका २५ वर्षीय खेमराज भट्टको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments