बसकाे ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको निधन

सोमवार, माघ २७, २०७६



काठमाडौं । बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको निधन भएको छ । सोमबार लु‍ .१६प ४४४१ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिराहा नगरपालिका-३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डल रहेका छन् । बसले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । बसको चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments