मोटरसाइकल र भ्यान एक आपसमा ठोक्किँदा दम्पतीको ज्यान गयो, छोरा घाइते

बुधबार, माघ १५, २०७६



धनुषा । धनुषामा मोटरसाइकल र भ्यान एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ ।  बुधबार धनुषाको गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान एक आपसमा ठोक्किँदा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीय प्रमिला साहकाो निधन भएको प्रहरीले जनाएको छ ।

मृतक दम्पत्तिको १० वर्षीय छोरा जोन कुमार साह घाइते भएका छन । बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments