मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको ज्यान गयो

बुधबार, माघ १५, २०७६



काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एक शिक्षकको ज्यान गएको छ ।  राष्ट्रिय माध्यामिक विद्यालय दार्माकोटमा कार्यरत शिक्षक ४२ वर्षीय टेकबहादुर केसीको मोटर साइकल दुर्घटनामा परि निधन भएको हो ।

शिक्षक केसी सवार रा ३ प ७००० नम्बरको मोटरसाइकलमा तुलसीपुर जाने क्रममा सोमबार बेलुकी दुर्घटना भएको थियो। घाइते शिक्षकको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको खतिवडाले बताए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments