युएईमा मजदुर बोकेको बस दुर्घटनामा ६ नेपाली घाइते

बिहिबार, माघ २, २०७६



काठमाडौं । यूएईको आबुधाबीमा मजदूर बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परि ६ नेपाली कामदार घाइते भएका छन ।  यूएईको एमबीएम कम्पनीमा कार्यररत २४ जना श्रमिक बोकेको बस बिहीबार बिहान लरीमा ठोक्किदा केहि नेपाली कामदारको पनि ज्यान गएको जनाइएको छ ।

‘बसमा रहेका २४ श्रमिक मध्ये १६ जना नेपाली मजदूर  रहेको तर कति जनाको ज्यान गएको छ । कति घाइते छन् भनेर हामी तथ्याक संकलन गरिरहेका छौं,’ नेपाली दूतावास आबुधाबीकी प्रवक्त्ता तथा उपनियोग प्रमुख रिता धितालले जनाएकी छिन । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments