एक्स्काभेटरमा दुईको मृत्यु, एक घाइते

बिहिबार, पुस २४, २०७६



काभ्रे । काभ्रेको पनौती नगरपालिका–११ थुम्कीको भित्री सडकमा एक्स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पनौती–११ का १६ वर्षीय राउत केसी र सिन्धुपाल्चोक स्थायी घर भई दिदीको घरमा आएका १५ वर्षीय रोशन भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परि एक्स्काभेटर चालक काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका–७ का २७बर्षिया जीवन ताम्राकार घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  सडक डिभिजन कार्यालय भक्तपुरले पाटी खर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा एक्स्काभेटर दुर्घटना परेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments