कर्णालीमा जिप खस्दा चार जनाको ज्यान गयो

बिहिबार, पुस १७, २०७६



बाजुरा । बाजुराको जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका-७ बाँधुको काला डाँडा भीरबाट जिप कर्णाली नदीमा खसेको छ ।  बिहीबार धुलाचौर देखि कोल्टी आउदै  गरेको से १ ज १०६४ नम्बरको जिप कर्णाली खस्दा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिप मालिक तथा चालक जगन्नाथ गाउँपालिका गोत्रीका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ ।  घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा परि चार जना घाइते भएको र घाइतेको उद्धार  गरि कोल्टि प्राथमिक स्वास्थ्य चौकी उपचार भइरहेकाे जनाइएकाे छ । जिपमा नौ जना यात्रु रहेको भए पनि एक जना यात्रु हालसम्म बेपत्ता रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments