ट्रक र अटो एकआपसमा ठाेक्किदा दुई जनाको मृत्यु

आइतवार, मंसिर २९, २०७६



काठमाडौं । आइतबार विहान सिन्धुपाल्चोकमा १४ जनाको ज्यान जाने गरि भएको बस दुर्घटना सेलाउन नपाउँदै ट्रक र अटो एक आपसमा ठोक्‍किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रक र हिलेबाट जोरपाटी बजारतर्फ जाँदै गरेको २ ह ६६११ नम्बरको अटो जोरपाटी गाउँपालिका-२ स्थित फलैचामा आइतबार दिउँसो १२ बजेतिर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनकुटा २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय सांगे शेर्पा रहेको सिधुवा प्रहरी चौकीका जवान रामचन्द्र कटुवालले जानकारी दिएका छन्।

दुर्घटनामा २ जना घाइते भएका छन्। घाइतेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ।  घटनालगत्तै ट्रक र ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments