टिपर दुर्घटनामा दुई जनाको मृत्यु

बिहिबार, मंसिर २६, २०७६



हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा बा ५ ख ५३४४ नम्बरको टिपर दुर्घटना भएकाे छ ।  दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
विहिबार हिल्सानाकाबाट याल्वाङ्ग जाँदै गरेको टिपर दुर्घटना भएको हो । मृतकहरुको सनाखत हुन सकिरहेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments