ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु, भीड नियन्त्रण गर्न हवाई फायर

आइतवार, मंसिर २२, २०७६



काठमाडौं । बाँकको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएको छ । बालिकाको मृत्युपछि कोहलपुर तनावग्रस्त छ । आइतबार विहान त्रिभुवन मावि कक्षा चारमा अध्यनरत छात्रा प्रगती चन्दलाई ट्रकले ठक्कर दिदा उनकाे घटनास्थलमै निधन भएकाे थियाे ।

छात्राकाे निधनपछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन ।  बुबाले स्कुटीमा स्कुलमा छोड्ने क्रममा ट्रकले ठक्कर दिएको  जनाइएकाे छ ।  प्रदर्शनमा उत्रिएका स्थानीय र विद्यार्थीले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments