बाग्लुङमा जीप दुर्घटना १४ जनाको मृत्यु, ३ घाइते

मङ्लबार, मंसिर १७, २०७६



काठमाडौं । बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मंगलबार बिहान १०.३० बजेको समयमा बा १ ज ५२१९ नम्बरको यात्रु बहाक जीप दुर्घटनामा परेको हो । १७ जना यात्रु बोकेको उक्त जीप पल्टिदा तीन जना घाइते भएका छन ।

कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिका-७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला ,चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  घाइतेको उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata