सल्यानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ८ घाइते

बिहिबार, कार्तिक २८, २०७६



काठमाडौं । सल्यानमा जीप दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ भने ८ जना घाइते भएका छन । विहिबार जिल्लाको फलावाङदेखि दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४६० नम्बरको जीप त्रिवेणी गाउँपालिका ४ बडाखोलामा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका ४ फलावाङ बस्ने ५९ वर्षीया योगी थापा र सोही ठाउँ बस्ने ५४ वर्षीया कृष्णदेवी परियार रहेका छन ।
घाइतेहरुको उपचार भइरहेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata