अर्घाखाँचीमा कार दुर्घटना,तीनको मृत्यु

बुधबार, कार्तिक २०, २०७६



अर्घाखाँची । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको कार सन्धिखर्क नगरपालिका स्थित नरपानीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि २ जना घाइते भएका छन । घटनामा २ जना पुरुष १ जना महिलाको मृत्यु भएको र उनीहरुको पहिचान हुन बाँकी छ ।

घाइतेलाई उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए । घटनास्थलमा स्थानिय र प्रहरीले उद्दार गरिरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata