सुनकोशी नदिमा बस खस्यो, ८ जनाको निधन

आइतवार, कार्तिक १७, २०७६



काठमाडौं । सुकोशी नदिमा बस खसको छ । आइतबार दिउँसो सुनकोशीमा बस खस्दा ८ जनाको निधन भएको छ ।  दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२खा ७२४५ नम्बरको यात्रुबहाक बस चौतारा साँगाचोकगढी नगरपालिका-९ को सुकुटे नजिकै सुनकोशी नदिमा सडकबाट सय मिटर तल नदिमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि ८ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन  । तकको सनाखत हुन भने बाँकी छ। २०  जनाको जीवितै उद्धार गरि विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । बसमा ४० जना यात्रु सवार रहेकाे जनाइएकाे छ । दुर्घटनामा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata