जीप दुर्घटनामा हुँदा दुई मृत्यु तीन घाइते

बिहिबार, कार्तिक १४, २०७६



काठमाडौं । गुल्मीमा जीप दुर्घटना हुँदा दुई मृत्यु  हुनाकाे  साथै तीन जना घाईते भएका छन । मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु घटनास्थलमै मृत्यु भएको हो ।

बुधबार साँझ पाँणथोकबाट ददल्का जाँदै गरेको भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मुसिकोट नगरपालिका ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेलको मृत्यु भएको छ। अर्का मृतकको सनाखत हुन बाँकी छ।

घाइते हुनेहरुमा मुसिकोट नगरपालिका ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षिया सोनीया बिक, २६ वर्षिय बिष्णु बिक छन्। घाइतेहरु सबैलाई उपचारको लागि बाग्लुङ्गको हटिया पठाइएको प्रहरीले जनाएको छ। जी चालक ज्ञान बहादुर बिक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata