बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको निधन

मङ्लबार, कार्तिक १२, २०७६



नवलपरासी । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको निधन भएको छ । गए राति पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

गैडाकोट प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ आउँदै गरेको ना ५ ख ६६३७ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ना १० प ६५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक गैडाकोट–७ बस्ने बर्ष २४ का प्रकाश सापकोटा र मोटसाइकलमा सवार २५ बर्षका सन्तोष जिसीको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते दुवैको पुरानो मोडिकल कलेज चितवनमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata