देउसी भैलो खेल्ने समूह बोकेको ट्याक्टर दुर्घटना १५ घाइते

सोमवार, कार्तिक ११, २०७६



काठमाडौं । गुल्मीमा देउसी भैले खेल्ने समूह बोकेको ट्याक्टर दुर्घटनामा परी गुल्मीमा १५ जना घाइते भएका छन्। घाइते हुने मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्दसिंह खड्काका अनुसार जिल्लाको इस्मा गाउँपालिका ६ मदनभण्डारी राजमार्गमा बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा परि इस्मा गाउँपालिका ६ बुल्म घर भएकाहरु ४० वर्षीय भुपेन्द्र कुमाल, २३ वर्षेीय पदम कुँवर, १२ वर्षीय शेरे कुमाल, २९ वर्षीय प्रेम कुमाल घाइते मध्ये गम्भीर घाइते रहेको र उनको पाल्पामा उपचार भइरहेको एसपी खड्काले बताए।

दुर्घटनामा परेका घाइते मध्ये ११ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनिहरुको अवस्था सामान्य रहेको छ। ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata