मिनीट्रक दुर्घटनामा एक जनाको मृत्यु

बिहिबार, कार्तिक ७, २०७६



बैतडी ।  मिनीट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाकाे ज्यान गएकाे छ । बिहीबार बिहान दुर्घटना सुर्नया गाउँपालिका-२ सिन्केलेकस्थित सडकमा से.१ ख१९२३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा चालक दार्चुला नौगाड गाउँपालिका सिप्टी बस्ने ३५ वर्षीय गोपाल सिंह धामीको घटनास्थलमै मृत्यु भएको हाे ।

मिनीट्रक नियन्त्रित भई करिब ५ सय मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments