सिन्धुपाल्चोक दुर्घटना: मृतकका परिवारलाई जनही २५ हजार

शनिबार, अशोज २५, २०७६



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा मृतक भएकाहरु परिवारलाई जनही २५ हजार दिने निर्णय गरेको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने घोषणा गरेको हो ।

दशैँ मनाउन गाउँ गएका यात्री राजधानी फर्कने क्रममा भएको सो बस दुर्घटनामा परि बसका चालक सहित १२ जनाको मृत्यु भएको थियो । बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको थियाे । केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको सख्या बढ्न सक्ने बताइएको छ । बसमा ८० जनाभन्दा धेरै यात्री चढेका थिए ।

ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानीयवासी, प्रहरीलगायत सबैमा गाउँपालिकाले धन्यवाद दिएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले घाइतेको उपचारका लागि कुनै कमी हुन नदिने जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments