जीप दुर्घटनामा परि दुई युवती सहित तीन घाइते

बिहिबार, भदौ १२, २०७६



बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिका १ मोटेलामा जीप दुर्घटना भएको छ ।सदरमुकाम मार्तडीबाट पूर्वउत्तरी क्षेत्र मोटेलाबाट धुलाचौर जाँदै गरेको से १ ज १०६४ नम्बरको जीप ओरालोमा ब्रेक फेल भएर  दुर्घटनामा परेको हो ।

दुर्घटना परि हिमाली गाउँपालिका नदापाटाका १७ वर्षीया सिर्जना कार्की र मुगु खत्याड गाउँपालिका-१० ह्यायाङ्लुका २८ वर्षीया जनदेवु रोकाया र भारतीय नागरिक सुशिल साह रहेका छन ।

दुर्घटनामा परि गम्भीर घाइते भएका दुबै जना युवतीलाई थप उपचारका लागि हवाई जहाजबाट नेपालगञ्ज लगिएको छ भने साहलाई सामान्य चोटपोटक लागेको  इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायव निरीक्षक शेरवहादुर कुवरले जनाएका छन ।

acci

जीपमा नाै जना यात्रु सवार रहेकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata