चारवटा बस एकआपसमा ठोक्किदा १६ घाइते

आइतवार, साउन २६, २०७६



काठमाडौं । भक्तपुरमा चार वटा यात्रुबहाक बस एक आपसमा ठोक्किदा १६ यात्रु घाइते भएका छन ।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बसले भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशे पुलमुनि तीनवटाा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका हुन्।

प्रहरीका अनुसार उक्त बसले आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको जनाएको छ ।

घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata